नेपालको ‘ए’ टिमले आयरल्याण्ड विरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ।
त्रिवि मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे सुरू हुनेछ।
बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो।
सो अनुसार शुक्रबार टी-२० सिरिजको पहिलो खेल भएको थियो।
पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो।
















