उपाधी का लागि फाइनलमा सुदुरपश्चिम संग भिड्नका लागि आज लुम्बिनी र बिराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।

आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल पुगिसकेको छ । इलिमिनेटर खेलमा हिजो काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो । हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरिएको छ ।आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ ।

यस सिजनको एनपीएलमा लुम्बिनीले ७ खेल खेल्दा ४ मा जित र ३ खेलमा हारेको छ । ७ खेल खेलेको विराटनगरले ५ खेल जितेको छ भने २ खेलमा हार व्यहोरेको छ । एनपीएलको फाइनल खेल त्रिवि रंगशालामा पर्सि शनिबार दिउँसो साढे ३ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?