रसुवाको गोसाइँकुण्डमा जनै पुर्णिमाको अबसरमा लाग्ने विशेष मेलामा काठमाडौंको सामाखुसी स्थित अल नेपाल हस्पिटलले निसुल्क स्वास्थ्य परिक्षण सेबा प्रदान गरेको छ ।
अस्पतालको तर्फबाट स्वास्थ्यकर्मिहरु पाणिनि -६ धातिवाङ्ग का सुमन पौडेलको नेतृत्वमा गोसाइँकुण्ड पुगेको थियो ।
जनैपूर्णिमाको मेलामा गोसाइँकुण्ड पुग्ने तिर्थयात्रि तथा पर्यटकहरुलाई लक्षित गर्दै अल नेपाल हस्पिटलले निसुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराएको थियो ।
भदौ १० देखि १२ ( ३ दिनसम्म ) गतेसम्म गोसाइँकुण्ड मा स्नान तथा भ्रमणका लागि पुग्ने हजारौं तिर्थयात्रि हरुलाई अस्पतालका नर्स स्वास्थ्यकर्मीको टोलिले निसुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।
समुद्री सतहबाट ४३८० मिटर उचाइमा रहेको पबित्र धार्मिक स्थल गोसाइँकुण्डमा जनैपूणिर्माको विशेष मेला लाग्ने गर्दछ ।
मेलामा निसुल्क क्वाटि , तातोपानी तथा स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गोसाइँकुण्ड गाउँपालिका पन्चधाम सेबा केन्द्र नेपालले गरेका थिए भने अल नेपाल हस्पिटल गोसाइँकुण्ड क्षेत्र बिकास समिती र लायन्स अफ काठमाडौं सह आयोजकका रुपमा रहेका थिए ।
अल नेपाल हस्पिटलका धेरै स्वास्थ्य शिबिर हरुको नेतृत्व सुमन पौडेलले गरिसकेका छन ।


















