बला त्कार मुद्दामा फसाइदिने भन्दै व्यापारीसँग ३० लाख लेनदेन गरेको आरोपमा ललितपुर भैसेपाटी प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताइन् ।
इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।
यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
















