त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दैछन् । फाइनल खेल नेपाली समयअनुसार पौने १२ बजे हङकङको मोङ कोकमा शुरु हुनेछ । हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको हो ।
पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको हो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक/एक अङ्क बाँडिएको थियो । हिजो नेपालले पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको हो । हङकङले तेस्रो स्थानका लागि अहिले बिहान पौने ७ बजे हङकङ ‘ए’ टोलीसँग खेल्दैछ ।
















