चुनावपछि भारतले गोर्खा सैनिक भर्तीबारे कुनै नयाँ निर्णय लेला ?

पछिल्ला केही वर्षदेखि भारतीय सेनामा हुने नेपालीहरूको भर्ती रोकिँदा त्यसले भारतीय गोर्खा ब्रिगेडको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको भन्ने चर्चाका माझ भारतीय सेनाले संगठनभित्र गोर्खाहरूको सङ्ख्या घटाउने वा पुनर्संरचना गर्ने कुनै योजना नरहेको बताएको छ।

दुई वर्षअघि नयाँ दिल्लीले कार्यान्वयनमा ल्याएको अग्निपथ योजनाका बारे काठमाण्डूले फरक मत राखेपछि त्यस अन्तर्गत नेपालबाट भारतीय सेनामा गोर्खा भर्ती हुनसकेको छैन।

तर कोरोनाभाइरसको महामारी सुरु भएदेखि नै नियमित भर्नाहरू प्रभावित भएकाले हाल भारतीय गोर्खा रेजिमेन्टका प्रत्येक बटालियनमा तोकिएको जनशक्ति करिब १ सयले कम भएको भारतीय सेनाका एक जना अवकाशप्राप्त मेजर जेनरल अशोक मेहता बताउँछन्।

यसै साता भारतीय सेनाले सङ्गठन भित्र गोर्खा फौजको पुनर्संरचना गर्ने योजना नभएको बताइरहँदा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले आवश्यकता परेको खण्डमा अग्निपथ योजनामा पुनर्विचार हुनसक्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?