चीनसँग क्रस बोर्डर डिजिटल भुक्तानी छिट्टै सुरु गर्दैछौं : गभर्नर

नेपालले चीन र श्रीलंकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीका लागि काम सुरु गरेको छ ।

नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई चीनको अली पे र श्रीलंकाको लंका पेसँग क्रसबोर्डर डिजिटल भुक्तानीका लागि सिस्टम इन्ट्रिग्रेसनको स्वीकृति दिएर प्रक्रिया अगाडि बढेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

‘चीनको एउटा बैंक सेटलमेन्ट बैंकको रुपमा काम गर्न तयार भएको छ । पूर्वाधार विकास गर्ने काम भइरहेको छ,’ गभर्नर अधिकारीले मंगलबार एक कार्यक्रममा भने, ‘छिट्टै चीनसँगै डिजिटल भुक्तानी सुरु हुँदैछ ।’

‘अली पे’ सँगैको सम्झौताले सिंगापुर, मलेसिया, थाइल्यान्ड लगायतका दक्षिण पूर्वी एसियाका देशसँग समेत अन्तरदेशीय विद्युतीय भुक्तानी गर्न सकिने गभर्नर अधिकारीले बताए ।

अब सानोसानो रकम चीनमा भुक्तानी गर्नु पर्दा डिजिटल माध्यमबाट नै गर्न सकिने गरी प्रणाली विकास गर्न लागिएको उनले बताए ।

भारतीयले नेपाल घुम्न आउँदा ल्याउन पाउने नगदको सीमा बढाउने भन्दा पनि अब डिजिटल भुक्तानीलाई नै प्रोत्सान गर्ने उनले बताए ।

भारतीयले गत फागुनदेखि नेपालमा डिजिटल भुक्तानी गर्न पाउने व्यवस्था भएयता करिब ५० करोडको भुक्तानी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?