राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन, प्रबास नेपाली सम्पर्क बिभाग द.कोरियाले पिकनिक र पुनगठन एकैसाथ गर्ने भएको छ। स्थापना भएको एक बर्ष पुरा भए पछिको यो पहिलो पिकनिक एबम सगठन स्थापना पछिको पहिलो पुनगठन हुन लागेको हो। (परिबर्तनमा तपाइ हाम्रो एकता रास्ट्र निर्माणमा प्रभासको सहभागिता) भन्ने मुल नारा बोकेको सगठनले यहि मे.२५ र २६ गते सनिबार र आइतबार कोरियाली ठेगाना (천안시 동남구 목천읍 송전 1길 59(송전리319)) मा गर्ने भएको सङ्गठन सम्योजक गणेश तिमल्सिनाले बताउनु भयो। पिकनिक तथा पुनगठन कार्यक्रममा सम्पुर्ण कोरियामा बसिरहनु भएका नेपाली हरुमा उपस्थितिको निम्मित्त आग्रह गर्नुभएको छ। कोरियाली दुताबास एबम एनआरएन कोरिया लाई एबम विभिन्न कोरियामा अबस्थित नेपाली संघ सस्था हरुलाइ निमन्त्रणा पठाउने तयारी रहेको र बिभिद कारण वस निमन्त्रणा नपुगे पनि सबैलाइ यश कार्यत्रममा चुलेनिम्तो रहेको समेत तिमल्सिनाले बताए।
पुर्नगठन किन भन्ने प्रस्नमा उनले भने
देस र पार्टी प्रती सुभचिन्तन गर्ने साथिहरु निरन्तर बढदै गएको बेला पुर्नगठन गरि सबैलाइ समेटेर जाने र साथमा सबै सङ्ग आत्मियता बढाउन पिकनिक कार्यक्रम गर्ने उदेश्यका साथ अगाडि बढेको बताए।
प्रवास नेपाली सम्पर्क बिभाग द.कोरियाले पिकनिक र पुनर्गठन एकैसाथ गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















