नेपालले टस हारेर फिल्डिङ गर्दै,

नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आज रुपेशसिंह, विकाश आग्री, रञ्जित कुमार र अर्जुन कुमाललाई खेलाएको छ । पछिल्लो खेलबाट आरिफ शेख, बसिर अहमद, मौसम ढकाल र कमलसिंह ऐरी बेन्चमा छन् ।नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो ।

दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो । पहिलो खेलमा म्याथ्यु हम्फ्रेजले ५ र दोस्रोमा ६ विकेट लिएका थिए ।

नेपालको प्लेइङ ११

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, शाहब आलम,  रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?