च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ ।

दुबईमा हिजो जीतका लागि २ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभर ३ बलमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो । त्यसअघि टस जितेर न्युजिल्यान्डले बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको थियो । जीतपछि भारतको ६ अङ्क भएको छ ।

न्युजिल्यान्डले ४ अङ्क जोडेको छ । अन्तिम खेल अगाडि नै दुवै टिम सेमिफाइनलमा पुगिसकेका थिए । यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई समान ६ विकेटले हराएको थियो ।

न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले र बङ्गलादेशलाई ५ विकेटले हराएको थियो । यो समूहबाट बङ्गलादेश र पाकिस्तान बाहिरिएका थिए ।

अर्को समूहबाट अष्ट्रेलिया र दक्षिण अफ्रिकाले सेमिफाइनल पुग्दा इङ्ग्ल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?