अर्घाखाँची, चैत्र ९ / राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीकाे पुर्ण वैठकवाट दशाैं जिल्ला अधिवेशन यहि चेैत्र २२ गते शुक्रबार गर्ने गरि निर्णय भएको छ ।
राष्ट्रिय युवा संघ नेपालकाे दशाैं जिल्ला अधिवेशनकाे तयारी वैठक आज नेकपा एमाले जिल्ला पार्टी कार्यलय सन्धिखर्क मा नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष पिताम्वर भुषालकाे प्रमुख आतिथ्यता, उपाध्यक्ष तथा जनसंगठन सम्वन्नयन सम्यन्त्रका संयाेजक शम्भु प्राेखेलकाे विशेष आतिथ्यता, जिल्ला कमिटि सदस्य तथा फ्यासन इन्चार्ज नारायण वस्याल, संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विक्रम खनाल, प्रदेश कमिटि सदस्य अभिनव भुषाल, वसन्त केसिकाे आतिथ्यतामा सञ्चालन भएको कार्यक्रम संगठन जिल्ला कमिटी अध्यक्ष शाेभाखर पाण्डेयकाे अध्यक्षता, सचिव ऋषिराम पन्थीकाे सञ्चालनमा सम्पन्न भएको छ ।
आजकाे वैठकले यहि चैत्र १५ गते सम्म प्रतेक वडावाट १ महिला सहित २ खुल्ला प्रतिनिधि ल्याउने र वाकि कामकाे लागि विभिन्न उप समिति गठन गरिएकाे छ । जिल्ला अधिवेसन अर्घाखाँचीकाे सन्धिखर्कमा भव्यताका साथ सम्पन्न गरिने संगठनका अध्यक्ष शाेभाखर पाण्डेयले वताएका छन ।
















