त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु भएको छ । ३३ जनाको जिवितै उद्धार गरिएको छ ।
धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।
हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए ।
उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको उनले बताए ।
सडक अबस्था र तिब्र गति ले यी सडकमा धेरै दुर्घटना हुँदै आएका छन। बस के कति कारण ले दुर्घटना भयो अझै खुलेको छैन अहिले उद्वार कार्य जारी छ।
















