राप्ती गाउँपालिका-३ मसुरियास्थित विद्युतको तार चुडिएर करेन्ट लाग्दा दुई जनाको मृत्यु हुँदा एकजना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।
इप्रका भालुबाङका प्रमुख उज्जलबहादुर सिंहका अनुसार ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको हो। हजुरआमा र नाति घरको आँगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
















