गुल्मीमा व्स्ट्बेरी खेती सुरु

गुल्मि रेसुंगा नगरपालिकामा एक किसानले व्यावसायिक स्ट्रबेरी खेती सुरु गरेका छन् । रेसुंगा नगरपालिका ६, सीमाघाटमा प्रेम नेपालीले व्यावसायिक रुपमै स्ट्रबेरी खेती गर्दै आएका हुन् ।

अघिल्लो वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यो वर्षदेखि व्यावसायिक रुपमै खेती सुरु गरेका हुन् ।

गुल्मीमा अन्य खेती गर्ने भए पनि व्यावसायिक रुपमै स्ट्रबेरी खेती गर्ने कम छन् । नेपालीले स्ट्रबेरी खेतसँगै आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर विभिन्न तरकारी खेती गर्दै आएका छन् । उनले यो वर्ष एक रोपनी क्षेत्रफलमा स्ट्रबेरी खेती गरेका हुन् ।

नेपालीले उत्पादन गरेको स्ट्रबेरी तम्घास बजारमा बिक्री हुँदै आएको छ । फागुन महिनाबाट पाक्न सुरु गर्ने स्ट्रबेरी बैशाख अन्तिमसम्म पाक्ने गर्दछ । अहिले दैनिक ५ किलो स्ट्रबेरी उत्पादन हुँदै आएको उनले बताए । स्ट्रबेरी हाल प्रतिकिलो ४ सयदेखि ५ सयसम्म बिक्री हुने गरेको उनले बताए ।

बजार राम्रो हुँदै गए यो खेतीलाई बिस्तार गर्ने सोचमा रहेको नेपालीको भनाइ छ । नेपालीले ०७३ सालबाट १८ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि नेपालीले अहिले १ सय २० रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती गर्दै आएका छन् ।

परिवारका ४ जना सदस्य मिलेर तरकारी खेती सुरु गरेका नेपालीले अहिले कक्षा १२ सम्म अध्ययन गरेका छोरालाई पनि कृषि पेसालाई अगाडि बढाएका छन् ।

शून्य लगानीबाट सुरु गरेका नेपालीको फार्म अहिले २० लाखभन्दा बढी लगानी भएको छ । उनको फार्ममा हाल २६ वटा टनेल छन् ।

नेपालीको फार्मका हाल स्ट्रबेरी, लौका, फर्सी, टमाटर, फूलगोपी, बन्दा गोपी, तीतेकरेला, लौका, काँक्रा, साग, खुर्सानी, आलु, मकै, केराउ, बोडी, सिमी, घिरौला, फूल लगायत मौसमी तथा बेमौसी खेती उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?