रवि लामीछाने विरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै दक्षिण कोरियामा पनि हस्ताक्षर अभियान जारी छ ।
आफ्नै पार्टी सभापति लामिछाने माथी राजनैतिक प्रतिशोध भएको भन्दै रास्वपाले केही दिन देखि हस्ताक्षर अभियान संचालन गरिरहेकोमा
रास्वपाको वैदेशिक विभाग अन्तर्गत ( प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरिया)का विभाग प्रमुख डम्बर सुब्बा का अनुसार कोरियामा रहेका व्यवसायी , विभिन्न कम्पनिमा कार्यरत नेपाली , सेवा क्षेत्र मा कार्यरत , बिद्यार्थि लगायत कोरियामा रहेका प्राय नेपाली दाजुभाइ हरुले हस्ताक्षर अभियानमा उत्सुकता पुर्वक दरिलो सहभागीता भएको वताउदै हस्ताक्षर अभियान सबै माझ पुर्याउने कोसिस गर्ने जानकारी गराएका छन । सौलको कार्यक्रम भने समिति सल्लाहकार रहेका महेश बजगाईंज्यूलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय सौल पुलिस प्रशासन कार्यालय सौलसँग अनुमति लिए कार्यक्रम गरेको थियो।सल्लाहकार जिपि तिमल्सिनाका अनुसार दक्षिण कोरिया बाट करिव दश हजार हस्ताक्षर गरि नेपाल पठाउने लक्ष्यका साथ अगाडि बढेको अभियानले करिब ३५००को हाराहारीमा सङ्कलन भइसकेको कतिपय साथीहरुले आफ्नो वरिपरि हस्ताक्षर गरी whatsapp मार्फत पठाएको जानकारी दिनुभएको छ। कर्मभूमि कोरियामा धेरै लामो समय बिताएको र यहाँको धेरैजसो द्रुत विकासको साक्षी भएको बताउनुहुने उहाँले कोरियाली नागरिकहरूले पनि यो हस्ताक्षर अभियानका विषयमा विभिन्न प्रश्नहरु सोधी जानकारी लिएको बताउनुभयो। हस्ताक्षर अभियानलाई साथ किन दिनुहुन्छ भन्ने प्रश्नमा मलिनो स्वरमा भन्नुहुन्छ “विश्वमा जाँदाखेरि नेपालको नाम लिँदा अरुले पनि गर्व गरुन, विश्वका कयौँ देशको विकासका साक्षी भई नेपालीहरूद्वारै विकासमा सहयोग गरेको तर हाम्रो देशमा भने हामीलाई देशबाट निकाल्न अनेक तिकडम अपनाइन्छ, हामी जहाँ रहेपनि नेपाली भएर गर्वका साथ बाँच्न चाहन्छौं। त्यो खालको विकासका लागि सुशासन हुन अनिवार्य छ न कि केही व्यक्तिका लागि हामी सबैले दुःख पाउने अनि देश निकाला हुनुपर्ने बाध्य अबको पिढीका लागि नहोस्” । पछिल्लो समय उत्साहजनक सहभागीता रहेको भन्दै सबै विकास प्रेमी मनहरूमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गर्दै यही आउँदो अगस्ट १६ तारिख प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको अधिवेशन हुने पनि जानकारी दिनुभयो त्यो बेलासम्मअभियान लमब्याउने जानकारी कोरियाबासी नेपालीहरूको माझ पुर्याउनका लागि अनुरोध गर्नुभएको छ। प्रवास विभाग दक्षिण कोरियाले अनलाइन र भौतिक उपस्तिथिमा हस्ताक्षर संकलन गर्दै केन्द्रिय कार्यलय पठाउदै गरेको जनाएको छ ।
“दक्षिण कोरियामा रविलाई साथ दिनेहरूको लर्को – प्रवास नेपाल सम्पर्क विभाग कोरियाले अगस्ट १६ तारिख अधिवेशन गर्दै अनलाइन र भौतिक उपस्तिथिमा हस्ताक्षर संकलन गर्दै केन्द्रिय कार्यलय पठाउने तयारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















