गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन् । अहिले राजीनामा दिने र अल्पमतको सरकार बनाएर कम्तीमा महिना दिन सत्तामै रहने कांग्रेस सांसदलाई जानकारी गराएका हुन् ।
मंगलबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले तत्काल विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति नरहे मार्गप्रश्स्त गरेर जानु उत्तम विकल्प भएको बताएका थिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए भने माओवादीले २३ गते समर्थन फिर्ता लिएको थियो ।
















