नेपाल र बंगलादेशको खेलमा बनेका केही रोचक रेकर्ड

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको हो ।

यस खेलसँगै विश्वपकमा समूह डी को समीकरण पूरा भएको छ । समूह डी बाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको दोस्रो चरणमा प्रवेश गरेका छन् । आठ अङ्क बटुलेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो भने छ अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो ।

यस खेलमा विभिन्न रेकर्डहरु बनेका छन् । हेरौँ केही रेकर्ड :

१०६ – बंगलादेशले नेपालविरुद्ध रक्षा गरेको स्कोर । पूरै २० ओभर खेलिएको पुरुष टी–२० विश्वकपमा कुनै पनि टोलीले सफलतापूर्वक रक्षा गरेको सबैभन्दा न्यून लक्ष्य हो । यसअघि गत हप्ता दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध ११३/६ को लक्ष्य रक्षा गरेको थियो ।

२ – टी–२० अन्तर्राष्ट्रियमा आईसीसीको पूर्णकालीन सदस्यले योभन्दा न्यून लक्ष्य रक्षा गरेको अवसर । सन् २०१४ मा वेस्ट इन्डिजले आयरल्यान्डविरुद्ध ९६/९ को स्कोर रक्षा गरेको थियो । त्यस्तै, जिम्बाब्वेले सन् २०१० वेस्ट इन्डिजविरुद्ध अलआउट हुँदै बनाएको १०५ रनको लक्ष्य रक्षा गरेको थियो ।

२१ – तान्जिम हसन सकिबले फालेको डट बलको सङ्ख्या । कुनै पनि बलरले टी–२० विश्वकपको खेलमा फालेको सबैभन्दा धेरै डट बल हो । यसअघि ९ वटा बलरले २० वटा डट बल फालेका थिए । यसमध्ये सात वटा यही विश्वकपमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?