म नेकपा एमालेको गोरखा स्तरीय सदस्य हुँ र विगतदेखि सामाजिक सेवा र राजनीति गर्दै आएको छु। पक्राउ परेकामध्ये केहीलाई नाम मात्र चिन्छु, उनीहरू मेरो जन्मदिन मनाउन आफैं आएका थिए।
श्रावणको सुरूवातदेखि नै विभिन्न ठाउँमा साथीहरूको अनुरोधमा जन्मदिन मनाउँदै आएको र साउन १५ गते महाराजगञ्जस्थित होटल साम्बालामा पनि निमन्त्रणा दिएको थिएँ।
त्यहाँ बेलुकी खाना खाएर करिब ११:३० बजे रुफटपमा केक काटेर रमाइरहेका बेला प्रहरी आएर हल्ला गरेको भन्दै सम्झाउन खोजे। केहीको सामान्य भनाभन भए पनि हतियार देखाउने, सार्वजनिक आवागमन अवरोध गर्ने वा धम्की दिने काम भएको थिएन।
भिडियो–फोटो अरू दिनका जन्मदिनका हुन्। ठूलो संख्यामा युवालाई भेला गरेर जन्मदिन मनाउनु नै मेरो गल्ती भयो।
















