काठमाण्डौवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले काठमाण्डौवासीलाई बाह्रै महिना मेलम्चीको खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाण्डौ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

‘नागरिकले महसूस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘काठमाण्डौवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, त्यहीअनुसार वातावरण तयार गरौँ ।’

मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाण्डौ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुवासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

गएको असोज दोस्रो हप्ताको बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन पनि मन्त्री यादवले निर्देशन दिनुभयो ।

ललितपुरको धोबीघाटमा रहेको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारी भएकामा गएको असोज ११ गते आएको बाढीले त्यहाँ रहेका भौतिक संरचना तथा उपकरणमा क्षति पुर्‍याएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?