युवा तथा खेलकुद मन्त्री श्रेष्ठ कोरिया आउने
नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता तथा माननिय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ यहि जुन २८ तारिख देखि एक हप्ते कार्यक्रम लिएर उच्च स्तरीय टोली सहित दक्षिण कोरिया आउनु हुने भएको छ ।
दक्षिण कोरियाको संस्कृती तथा खेलकुद मन्त्रालय र कोईकाको निमन्त्रणामा दक्षिण कोरिया आउन लागेको माननिय युवा तथा खेलकुद मन्त्री श्रेष्ठले कोरियाको संस्कृती तथा खेलकुद मन्त्री यु ईन छोनसंग उच्च स्तरीय भेटवार्ता गरि दुई देश बीच खेलकुदको विकास तथा अन्य विषयहरुमा सम्झौता गर्ने कार्यक्रम रहेको कोरियाका लागी नेपाली दूतावासका उपनियोग प्रमुख पुष्प राज भट्टराईले जानकारी दिनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले जुन ३० तारिख आईतबारको दिन सिओलको तोङ्गदेमुन स्थित नेपाली एण्ड थाई रेष्टुरेन्टको सभाहलमा दक्षिण कोरियामा रहेको विभिन्न नेपाली संघ संस्थाहरुसंग माननिय युवा तथा खेलकुद मन्त्री श्रेष्ठले भेटवार्ता तथा संवाद कार्यक्रमको आयोजना गर्न लागेको प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाका प्रमुख डम्बर सुब्बाले बताउनु भयो ।
सोही कार्यक्रममा माननिय युवा तथा खेलकुद मन्त्री श्रेष्ठले दक्षिण कोरियामा खेलकुदसंग सम्बन्धीत विभिन्न नेपाली संघ संस्था तगायत खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ कोरिया आउने मिति तय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















