बुबाको बिँडो थामेका सुहाङ

कानुनी क्षेत्रमा बाबुको बाटो हिँडेका सुवास नेम्वाङका छोरा सुहाङलाई पाँच वर्षअघि अन्तर्वार्ताका क्रममा सेतोपाटीले सोधेको थियो — कानुनी क्षेत्रमा जस्तै राजनीतिमा पनि बाबुको बाटो हिँड्ने सम्भावना छ कि छैन?

जबाफमा सुहाङले भनेका थिए — आफूलाई बलियो बनाएर लाग्यो भने मात्र राजनीतिमा जनता र देशका लागि केही गर्न सकिन्छ भन्ने बुबाको धारणा छ। म ‘ल फर्म’ बाटै आफूलाई स्थापित गराउने कोशिस गर्दैछु। बलियो हुन सकेँ भने पछि राजनीतिमा पनि लाग्छु होला, त्यो अहिल्यै भन्न सक्दिनँ।

त्यस बेला उनले ल फर्म सुरू गरेको बल्ल डेढ वर्ष हुँदै थियो। उनका अभिव्यक्तिले तत्कालै राजनीतिमा हामफाल्ने योजनाभन्दा उनी टाढै रहेको देखाउँथ्यो। २०७६ असार १५ मा सेतोपाटीमा प्रकाशित त्यो अन्तर्वार्ता दिँदै गर्दा सुहाङसँग बुबा सुवास पनि थिए।

पाँच वर्षयता इलामको देउमाई खोलामा धेरै पानी बगिसकेको छ। उनका बाबु सुवास नेम्वाङ नेपाली राजनीतिमा भद्रपनको एउटा अमिट छाप छाडेर दिवंगत भइसके। बाबुको निधनपछि रिक्त रहेको इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएर अन्तिम परिणाम पनि आइसकेको छ।

मतगणनाको त्यही अन्तिम परिणाम अनुसार सुवासका छोरा सुहाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। इलाम सदरमुकाममा केहीबेर अघि सकिएको मतगणनाको अन्तिम परिणामसँगै ३२ वर्षीय सुहाङको सिंहदरबार यात्रा निश्चित भएको छ।

बुबाको अचानक निधन भएपछि राजनीतिमा आएका सुहाङले पहिलो प्रयासमै बुबाको चुनावी जितको बिँडो थामेका छन्। आफूले लडेका कुनै पनि संसदीय चुनाव नहारेका बुबाकै पदचाप पछ्याउँदै उनका छोरा सुहाङले संसदीय भूमिका पक्का गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?