इलाममा ओलीको चुनावी भाषण : एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै कांग्रेस उम्मेदवार डम्बर खड्कालाई आरोपित गरेका छन् ।

निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै ओलीले बाटो किन नबनेको भन्दै प्रश्न उठाए । १५ वैशाखमा हुने उपनिर्वाचनको प्रचारका लागि इलाम–२ चुलाचुलीमा बुधबार आयोजित सभामा उनले खड्कालाई लक्षित गर्दै भने, ‘ठेक्का लिएर, जिम्मा लिएर एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछु भनेर जनताका बीचमा गफ गर्ने ?’

एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताए इलाम–२ को समस्या समाधान हुने ओलीले जिकिर गरे । चिया निर्यातमा भारतले गरेको अवरोधका बारेमा भारतीय राजदूतलाई निवासमा बोलाएर छलफल गरेको उनले बताए । ‘उहाँले मलाई आश्वासन दिनुभयो । यो समस्या समाधान म गर्र्छुु भनेर’ ओलीले भने । चिया निकासीको समस्या समाधान भइसकेको ओलीले दाबी गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?