सन् २०२४ मा एक सयभन्दा धेरै देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित

सन् २०२४ मा विश्वका एक सयभन्दा वटा धेरै देशमा चुनाव भएका छन् । ठूलो जनसङ्ख्या भएका ब्राजिल, भारत, अमेरिका, पाकिस्तान, मेक्सिको, इन्डोनेसिया, फ्रान्स, बेलायत, दक्षिण अफ्रिका र रुसमा गएकाे वर्ष चुनाव भएका छन् । साथै युरोपेली संसद्का लागि जुन महिनामा चुनाव भयो ।

नेशनल डेमोक्रेटिक इन्स्टिच्युटका अनुसार यी चुनावमा लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका देशमध्ये ८० प्रतिशत देशको चुनावमा सत्तारूढ दल पराजित भएका थिए ।

विश्व राजनीतिमा प्रभावशाली मानिएका दुई ठूला प्रजातान्त्रिक देशहरू भारत र अमेरिकामा चुनाव भए । यी चुनावको नतिजा भारतमा अप्रत्याशित नदेखिए पनि अमेरिकी चुनावी परिणामले धेरैलाई आश्चर्यचकित बनायो ।

अमेरिकाको ४७औं राष्ट्रपतिका लागि नोभेम्बर ५ मा सम्पन्न चुनावबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभयो । डेमोक्रेटिक पार्टीकी प्रभावशाली उम्मेदवार कमला ह्यारिसले ‘स्विङ स्टेट’ भनिने राज्यमै नराम्रो पराजय भोग्न बाध्य हुनुभयो ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भारतीय जनता पार्टी (भाजपा) ले एकल प्रचण्ड बहुमतसहितको नतिजा ल्याउन नसके पनि संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले सरकार बनाएको छ ।

बङ्गलादेशमा जनवरी ७ मा सम्पन्न आमचुनाव भने विवादको घेरामा परेको थियो । प्रमुख विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहिष्कार गरेको यस चुनावमा शेख हसिनाको नेतृत्वमा रहेको सत्तारूढ अवामी लिगले प्रचण्ड बहुमत हासिल गरेको थियो । शेख हसिना पुनः प्रधानमन्त्रीमा चुनिए पनि नागरिकले विद्रोह गरेपछि शेख हसिना देश छाडेर अहिले भारतमा आश्रय लिइरहनुभएको छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अहिले नयाँ अन्तरिम सरकार बनेको छ र यसले सम्भवतः यसै वर्ष चुनाव गर्दैछ ।

यस्तै भेनेजुएलाको चुनाव विवादास्पद थियो । नेल्सन मन्डेलाको देश दक्षिण अफ्रिकामा मे २९ मा नेशनल एसेम्ब्लीका लागि आमचुनाव भएको थियो । यस चुनावमा मन्डेलाले स्थापना गरेको अफ्रिकन नेशनल कंग्रेस (एएनसी) लाई ठूलो झड्का लागेको थियो ।

जापानमा पनि अक्टोबर २७ मा संसद्का लागि चुनाव भयो । भ्रष्टाचार काण्डहरूबाट गुज्रेको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले चुनावमा निकै ठूलो हार बेहोर्नुपरेको थियो, तथापि संसदमा सबैभन्दा ठूलो दल बनेको थियो ।

अर्काे विवादास्पद चुनाव रसियाको राष्ट्रपतिका लागि मार्चमा भएको थियो । यहाँ राष्ट्रपति भ्लादिमिर पुटिन पुनः उम्मेदवार बन्नुभएको थियो र ८८ प्रतिशतभन्दा बढी मतसहित पाँचौं कार्यकालका लागि विजयी हुनुभयो ।

फ्रान्सको नेशनल एसेम्ब्लीका लागि जुन ३० र जुलाई ७ मा गरी दुई चरणमा आमचुनाव भयो । चुनावमा राष्ट्रपति इमानुएल म्याँक्रोको दललाई ठूलो झड्का लागेको थियो जसका कारण फ्रान्सेली सरकार अस्थिरताको भूमरीमा परेको छ ।

बेलायतमा भने जुलाई ४ मा भएको चुनावले उलटफेर नतिजा ल्यायो । कन्जरभेटिभ्स पार्टीका नेता एवम् प्रधानमन्त्री ऋषि सुनकको दलले नराम्रो पराजय बेहोर्याे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?