तीर्थ पुनले जिते लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको उपाधि तीर्थ पुनले जितेका छन् । शनिबार भएको म्याराथनमा उनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे ।

उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै २ घण्टा २१ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै खड्कबहादुर खड्का दोस्रो भए । उनले नगद ३ लाख रुपैयाँ पाए । २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भएका दुर्गाबहादुर बुढाले २ लाख रुपैयाँ पाए ।

प्रतियोगितामा अनिश थापा चौथो, किरण बोगटी पाँचौं, सुशीलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरे दसौं स्थानसम्म आए । चौथो देखि १० औंसम्म आउनेले क्रमश ८० हजार, ६० हजार, ४० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।

सन्तोषीले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गरिन् । पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?