बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएको हो ।
चार दलबीच प्रदेशसभाको बाँकी कार्यकालका लागि सहकार्य गरी राजनीतिक स्थायित्व दिने गरी सरकार निर्माण गर्ने सहमति भएको छ । त्यस्तै सरकारको नेतृत्वमा सत्ता गठबन्धनका दलहरुबीच सहकार्य गर्ने सहमति पनि भएको छ ।
सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र बनाउने र साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि दलहरुबीच सहमति छ । त्यस्तै दलहरुबीच सहमतिका आधारमा मन्त्रिपरिषदको संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय पनि भएको छ ।
















