प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउत सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

बैठकमा सहभागी परिषद् सदस्य तथा उपसभामुख इन्दिरा रानामागरले वरिष्ठताका आधारमा सर्वोच्चको प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरिएको बताइन् ।

‘हामीले बैठकबाट प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतको नाम सिफारिस गरेका छौँ,’ उनले खबरहबसँग भनिन्, ‘सिनियारिटीको हिसाबबाट उहाँ सिफारिसमा पर्नुभएको हो ।’

६५ वर्षे उमेर हदका कारण सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अवकाशमा जाँदैछन् । सर्वोच्चका न्यायाधीशहरूको वरिष्ठतामा न्यायाधीश राउत अगाडि थिए ।

त्यसपछि क्रमशः सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडाल, नहकुल सुवेदीको नाम परिषद्मा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?