भारतले दिउँसोको समयमा मात्रै नेपाललाई विद्युत् निर्यात गर्ने निर्णय गरेपछि बेलुका लोडसेडिङ होला कि भन्ने डर सर्वसाधारणलाई छ ।
खासगरी साँझ ६ देखि राति १०-११ बजेसम्म विद्युत् माग सबैभन्दा बढी हुन्छ । तर साँझ ६ देखि भोलिपल्ट बिहान ६ बजेसम्म विद्युत् आयात गर्न नपाउँदा त्यसले पुनः लोडसेडिङमा बस्नुपर्ने हो कि भन्ने चिन्ता सर्वसाधारणले गरिरहेका छन् । किनभने ‘पिक आवर’ मा भारतबाट करिब ७ सय मेगावाटसम्म विद्युत् आपूर्ति हुने गरेको छ ।
भारतले बिहीबार स्वीकृत गरेर पठाएको विद्युत् व्यापार सम्झौतामा भारतीय इनर्जी एक्सचेन्जको ‘रियल टाइम’ तथा ‘डे अहेड’ बजारबाट दिउँसोको समयमा मात्रै विद्युत् आयात गर्न पाउने व्यवस्था गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।
















