२ राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सहकारी पीडितको समस्या सरकारले सुन्नुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु उपयुक्त हुने सुझाएका हुन् ।
‘यत्रो आरोप लागेपछि आफैं राजीनामा दिएर छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्नुपर्ने हो’ उनले भने, ‘स्वयम् गृहमन्त्रीजी आफैं सचेत भएर सघाउनुपर्छ ।’
















