उत्तरपूर्वी नाइजेरियास्थित एक गाउँको एक चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु भएको छ । साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बुधबार साँझ बोर्नो राज्यको काउरी गाउँमा भएको विस्फोट पछिल्लो समयको सबैभन्दा घातक घटना हो ।
















