विकासका लागि शान्ति आवश्यक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल–जापान फ्रेन्डशिप समिट–२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रबल इच्छा र सक्रिय प्रयास रहेको उल्लेख गर्नुभयाे । उहाँले नेपाल र जपानबीचको सम्बन्ध अहिले बहुआयामिक ढङ्गले अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्रीले तेस्रो नेपाल–जापान फ्रेन्डशिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभयो । गएकाे एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेले गएकाे बुधवारदेखि आजसम्म कार्यक्रम आयाेजना गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?