जमानीमा छुटेका कैलाश सिरोहिया प्रहरीलाई थाहै नदिई रुस गएको खुलेको छ

नागरिकता विषयमा अनुसन्धानको दायरामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया बिना अनुमति रुस गएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धानको दायरामा रहेका उनले अनुसन्धानरत निकायलाई कुनै जानकारी नदिई रुस गएका हुन्।

अध्यागमन विभागको रेकर्ड अनुसार उनी नयाँ राहदानी निकालेर २०२४ जुलाई २३ ( २०८१ साउन ८) मा १०: ४५ मा विमानस्थलबाट बाहिरिएका छन्। उनी सामान्य राहदानीमा रुसका लागि गएका हुन्। उनले रुस भ्रमणका लागि प्रयोग गरेको राहदानी हालसालै निकालिएको देखिन्छ। नागरिकता किर्ते लगायतका आरोपमा अनुसन्धानका दायरामा रहेका उनी स्वास्थ्य समस्याका कारण धनुषाबाट ललितपुरको अस्पतालमा आइपुगेका थिए। अस्पतालमा उपचाररत रहेकाले ‘खोजेको बेलामा उपस्थित गराउने’ सर्तमा छोरा सम्भव सिरोहियाको जमानीमा उनी रिहा भएका थिए। उनी अहिले पनि जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धानको दायरामा छन्।
धुनुसा प्रहरिका अनुहार हामिसङ्ग अनुमती नलिएको भन्ने भनाइ रहेको छ। तर अध्यागमनमा उनी रुस गएको रेकड छ र आएको रेकड नहुनाले उनी अझै पनि बिदेसमै छन भन्ने देखाउछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?