अष्ट्रेलियाले एकै इनिङमा छाडेको ६ क्याच

स्कटल्याण्ड झण्डै झण्डै इतिहास रच्ने क्षणनजिक थियो । अष्ट्रेलियाको प्रदर्शन निराशाजनक थियो र उसलाई अन्तिम ७ ओभरमा प्रतिओभर १३ रन चाहिएको थियो ।

तर मार्कस स्टोइनिसले ट्राभिस हेड र पछि टिम डेभिडको मद्दतमा स्कटल्याण्डको टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सपना चकनाचुर पारिदिए । यो नतिजाले इंग्ल्याण्डले सुपर ८ मा स्थान बनायो ।

१८१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले तेस्रो विकेटका रुपमा ग्लेन म्याक्सवेललाई गुमाउँदा टिमको स्कोर ८.२ ओभरमा ६० रन थियो । तर स्टोइनिसले आएर आक्रामक पारी खेले । १५औं ओभरको अन्तिम बलमा हेडले अर्धशतक पूरा गरे ।

लगत्तै स्टोइनिसले मात्र २५ बलमा ५० रन बनाए । व्यक्तिगत ५९ रनमा आउट हुँदा अष्ट्रेलियाको स्कोर १५५ रन थियो । बाँकी १८ बलमा २६ रन चाहिएको थियो, टिम डेभिडले आक्रामक पारी खेलेपछि अष्ट्रेलियाले अन्तिम २ बल बाँकी छँदा लक्ष्य भेट्टायो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ब्रेन्डन म्याकलमको ६० रनको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो ।

फिल्डिङमा अष्ट्रेलिया अस्वभाविक रुपमा कमजोर देखिएको थियो, उसले ६ वटा क्याच मिस गर्‍यो । क्रिकइन्फोको डेटाअनुसार यो कुनै पनि टी–२० विश्वकपमा भएको सबभन्दा धेरे क्याच ड्रप हो ।

खेलमा एउटा समय त यस्तो आयो, लगातार तीन बलमा अष्ट्रेलियालाई विकेट लिने अवसर थियो । तर सबै खेर फाल्यो । पूर्व अष्ट्रेलियन क्रिकेटर एरोन फिन्चले ६ क्याच ड्रपलाई अस्वभाविक लापरवाहीको संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?