आज धनतेरस पर्व मनाइदै प्रत्येक बर्ष कार्तिक कृष्ण त्रयोदशिको दिन धन तेरस मनाइन्छ ।तिथिका हिसाब ले शनिबार बिहान द्वादशि छ ।दिउँसो १ बजेर २३ मिनेटमा त्रयोदशि लाग्ने भएकाले धनतेरस पर्व मनाउन नेपाल पन्चाङ्ग निर्णायक बिकास समितिले निर्देश गरेको छ ।
तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामापित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ। यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ।
















