पशुपतिमा भक्तजनको शीतलताका लागि कृत्रिम ‘वाटर ड्रपलेट’ को प्रयोग

हरितालिका तीजका अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेकाे छ ।

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका ४ वटै ढोका नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिनुभयो । अहिलेसम्म लाइनमा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा आज झन्डै ३ हजार हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लाइनको व्यवस्था गरिएको छ । पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

कोषकी सूचना अधिकारी अनिता भट्टले मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

यसैबीच तीजको दिन आज पशुपतिमा पुग्ने भक्तजनको सहजताका लागि पशुपतिमा क्षेत्र विकास कोषले विभिन्न सुविधा दिएको छ । पहिलो पटक गर्मी र उकुसमुकुसबाट केही शीतलता प्रदान गर्न यसपालि कृत्रिम वाटर ड्रपलेट (पानी वाष्पीकरण) गराइएको छ । मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो ।

यसपालि परीक्षणका रूपमा गरिएको र पछि प्रभावकारी देखिए अरू बेला पनि कृत्रिम वाटर ड्रपलेट प्रयोग गरिने कोषले जनाएको छ । विगतमा तीजको दिन भीडभाड हुँदा कतिपय बेहोश हुने गरेकाले शीतलताको अभ्यास थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?