चिनमा अबिरल बर्षा र बाढिका कारण ३० जनाको ज्या*न गयो

उत्तरी चीनमा अस्ति आइतवारदेखि आएको अविरल वर्षा र बाढीका कारण अहिलेसम्म ३० जनाको ज्या’न गएको छ । हजारौं मानिस विस्थापित भएका छन् ।

राजधानी बेइजिङमा मात्रै ८० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।

बाढीले पुल र सडकहरू भत्काएका र सयभन्दा बढी गाउँमा विद्युत् सेवा अवरुद्ध भएको खबरमा उल्लेख छ ।

चीनका राष्ट्रपति सी जिनपिङले हराइरहेका र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारमा ‘पूर्ण प्रयास’ गर्न निर्देशन दिनुभएको छ ।

चीन सरकारले उच्च सतर्कता जारी गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, पुनःस्थापना र उद्धार कार्यलाई प्राथमिकता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?