सर्वाधिक योग्य शहरहरुको सूचीको पहिलो स्थानमा डेनमार्कको कोपनहेगन बसोबासका लागि

बसोबासको हिसाबले उत्कृष्ट शहरहरुको सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन परेको छ । ग्लोबल लिभेबिलिटी इन्डेक्स २०२५ अनुसार अस्ट्रियाको राजधानी भिएना शहरलाई पछि पार्दै कोपनहेगन पहिलो नम्बरमा आएको हो ।

कोपनहेगन सन् २०२५ मा संसारको सबैभन्दा खुशी शहर पनि घोषणा भएको थियो । यस वर्ष दोस्रो नम्बरमा पुगेको भिएना शहर १३ वर्षदेखि लगातार यो सूचीको पहिलो नम्बरमा थियो । द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू) ले संसारभरिका शहरहरूको वरीयताक्रमसहितको सूची तयार पार्दै आएको छ । त्यसका लागि सबैभन्दा आरामदायी र सुरक्षित शहरहरू निर्धारण गर्न विभिन्न तथ्याङ्कहरूलाई आधार मान्ने गरिन्छ ।

सूचीको तेस्रो नम्बरमा स्वीट्जरल्याण्डको ज्यूरीक, चौंथोमा अष्ट्रेलियाको मेलवर्न, पाँचौमा स्विटजरल्याण्डको जेनेभा, छैटौंमा अष्ट्रेलियाको सिड्नी, सातौंमा जापानको ओसाका, आठौंमा न्यूजिल्याण्डको अकल्याण्ड, नवौंमा अष्ट्रेलियाको अडिलेइड र दशौंमा क्यानडाको भ्यान्कुभर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?