राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग प्रवास नेपाली सम्पर्क बिभाग दक्षिण कोरियाले यही अगस्ट १६ तारिख शनिबार आयोजना गर्न लागेको अधिवेशन कार्यक्रम प्राविधिक कारणवश केही समयपछि गर्ने निर्णयसहित पारित भएको छ । आज बसेको मर्चुअल वेठक मार्फत उक्त निर्णाय भएको थियो।अधिवेशन कहिले गर्ने भन्ने विषयमा मिति छिट्टै तोकिने पनि प्रवास नेपाली सम्पर्क बिभाग दक्षिण कोरियाका अध्यक्ष डम्बर सुब्बाले जानकारी गराउनुभयो। छिट्टै सबैको समय मिल्ने समय उपयुक्त रोजेर कोरियामा रहने सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टी प्रेमी एवं वैकल्पिक शक्तिमा विश्वास गर्ने सम्पूर्ण लाई समेट्ने गरी अधिवेशन को मिति छिट्टै तय गरिने पनि जानकारी दिनुभयो।
रास्वपा प्रवास विभाग दक्षिण कोरियाको अधिवेशन मिति परिवर्तन( सरेको छ )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















