सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याइने भएको छ।
उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि मंगलबार नै काठमाडौं ल्याउने तयारी थियो । तर प्रहरीले अब बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याउने भएको छ ।
















