अखण्डखबर डट कम



पाणिनि गाउँपालिका दुर्गाफाँटमा वैशाख १५ गते सोमबारका दिन पाणिनि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग साझा बहस तथा भित्तेपात्रो विमोचन कार्यक्रम अखण्डखबर डट कमको आयोजनामा सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत विभिन्न शाखाका शाखा प्रमुख विभिन्न वडाका वडा अध्यक्ष लगायत कर्मचारी जनप्रतिनिधि पत्रकारहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न व्यक्तिहरूबाट विभिन्न वडा गाउँपालिका विशेष प्रश्नहरू सोध्ने र त्यसको जवाफमा सम्बन्धित निकायले उत्तर दिने कार्यक्रम रहेको थियो। कार्यक्रमको प्रशंसा गर्दै अधिकांशले यी यस्ता साझा बहसका कार्यक्रम पाणिनि गाउँपालिकाले समय समयमा गर्नुपर्ने र जनताका गुनासाहरु सम्बोधन गर्न र समस्याहरू बुझ्नका लागि सहज हुने धारणा व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले पाणिनी गाउँपालिकाको अहिलेको बजेट सँगै पाणिनी गाउँपालिकाले गरेका विभिन्न योजनाहरू आयव्य र भावी योजनाहरूको जानकारी दिनुभएको थियो।
त्यस्तै गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले गाउँपालिका भित्र भए गरेका विभिन्न क्रियाकलापहरूको र उठेका प्रश्नहरूको सूक्ष्म रुपमा अध्ययन गरेर अगाडि जाने र गल्ती र कमजोरीलाई सुधार गर्दै पाणिनी गाउँपालिकाका सम्पूर्ण नागरिकहरुले आआफ्नो क्षेत्रबाट आफ्नो वडामा भए गरेका विकास निर्माणका काममा अझ चासो र खबरदारी गर्नुका साथै यी यस्ता साझा बहसका कार्यक्रमहरू आगामी दिनमा गाउँपालिकाले पनि गर्ने र यो अवसर जुटाएकोमा आयोजक संस्था अखण्ड खबर डट कमलाई धन्यवाद प्रकट गर्नुभएको थियो।
यसै बीचमा अखण्डखबर डट कमले आफ्नो संस्थाको पहिलो भित्तेपात्रो विमोचन कार्यक्रम २०८२ पनि सम्पन्न गरेको छ।
















