लोकसभा चुनावअघि भारतमा चुनावी धाँधलीको विषयले चर्चा पाएको छ । प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसका नेता राहुल गान्धीले विद्युतीय मतदान यन्त्रको विश्वसनीयतामाथि प्रश्न उठाउँदै नतिजा ह्याक हुनसक्ने बताएका छन् ।
गत साता मुम्बईमा आयोजित कार्यक्रममा राहुलले भनेका थिए, ‘भाजपाको आत्मानै विद्युतीय मतदान यन्त्रमा छ । यसको चिप्सले अर्कै नतिजा रेकर्ड गर्नसक्छ ।’
















