स्वर्गीय राजा वीरेन्द्र शाहको ८० औँ जन्मजयन्ती

राजा वीरेन्द्र नेपालको शाह वंशीय राजाहरु मध्यका देश भक्त र जनप्रिय राजा हुन् । कतिका लागि उनी ‘महाराज सरकार’ थिए भने कोही उनलाई प्रिय ‘वीरेन दाइ’ भन्थे, उनी शालीन राजा थिए र धेरैले उनलाई भगवान् विष्णुका अवतार मान्ने गर्थे । बाल्यकालदेखि नै वीरेन्द्र शान्त, सौम्य, मधुरभाषी र दयालु स्वभावका थिए। दार्जीलिङ, इटन, हार्वर्ड र टोक्योमा पढेका उनले कठोर राजा बन्‍न कहिल्यै स्विकारेनन्। २०४६ सालको पहिलो जनआन्दोलनपछि उनले दरबारका कट्टर राजावादीसहित आफ्नै परिवारको सल्लाह विपरीत राजाबाट संवैधानिक राजाका रूपमा आफ्नो शक्ति घटुवा गरेका थिए। राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेका थिए । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि बनाएका अनि नेपालीको मन र मुटुमा बस्न सफल राजा वीरेन्द्र शाहको मृत्यु भने रहस्यमय अनि कहालीलाग्दो ढंगले भयो । उनको ह’त्याको वास्तविकता जान्न अझै नेपाली जनता आतुर छन र बाहिर भनिएका ह’त्याका कारणमाथि विश्वास गर्न अझै नेपाली जनता तयार छैनन् । राज्याभिषेकका बेला २०३१ फागुन १२ गते नेपाललाई शान्तिक्षेत्र घोषणा गरिएको थियो । भारतबाहेक १ सय १६ राष्ट्रले सो घोषणाको स्वागत गरेका थिए । विश्वमा नेपाल र नेपालीको पहिचान र प्रतिष्ठा उँचो बनाउन राजा वीरेन्द्रको भूमिका महत्वपूर्ण रहेको मानिन्छ । उनमा राष्ट्रप्रेम र स्वाधीनता अनि आत्मगौरव पनि प्रशस्त रहेको मानिन्छ । राजा वीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?