महाकालीमा बेपत्ता किशोरको खोजीमा गोताखोर परिचालन

काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ ढकना स्थित महाकाली नदीमा बेपत्ता भएका किशोरको खोजीमा गोताखोर परिचालन गरिएको छ । नारायणी चौराहा घर भएका १६ वर्षीय विष्णु सुनार जेठ ५ मा नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन् ।

उनको खोजीमा नम्बर–७ वैद्यनाथ बाहिनी अत्तरियाबाट गोताखोर सहितको टिम परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

स्याङ्जाको गल्याङ नगरपालिका–५ स्थित कालीगण्डकीमा हामफालेका टेक प्रसाद डुम्रेको अवस्था अज्ञात छ । बालिङ नगरपालिका–१४ घर भएका ५६ वर्षीय डुम्रेको खोजीमा पनि गोताखोर परिचालन गरिएको छ । आइतबार बिहान उनी नदीमा हामफालेका हुन् । उनको खोजीमा नम्बर–२४ कालिका गण कास्कीबाट गोताखोर पठाइएको डीएसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?