मुम्बई इन्डियन्सको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित

दिल्ली क्यापिटललाई पराजित गर्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित दर्ता गरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बईले दिल्लीलाई २९ रनले पराजित गरेको हो।

मुम्बईले दिएको २३४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनमात्रै बनाउन सक्यो।

दिल्लीका ट्रिस्टन स्टब्सले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए। २५ बल खेलका उनले ३ चौका र ७ छक्का प्रहार गरे।

ओपनर पृथ्वी शा ६६, अभिषेक पोरेल ४१ र डेभिड वार्नर १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

मुम्बईका जेराल्ड कोएत्जीले सर्वाधिक ४ विकेट लिए। जसप्रीत ब्रुमराहले २ विकेट लिँदा १ विकेट रोमारियो शेफर्डको नाममा रह्यो।

त्यसअघि वानखडे स्टेडियममा टस जितेर पहिला ब्याटिङ मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनायो।

मुम्बईका ओपनर रोहित शर्माले सर्वाधिक ४९ रन बनाए। २७ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। इशान किशन ४२ र कप्तान हार्दिक पाण्ड्या ३९ रनमा आउट हुँदा टिम डेभिड ४५ र रोमारियो शेफर्ड ३९ रनमा अविजित रहे।

दिल्लीका एन्रिक नोत्जे र अक्षर पटेलले २/२ विकेट लिए। खलिल अहमदको नाममा १ विकेट रह्यो।

जितसँगै ४ खेल हारेको मुम्बईले २ अंक जोडेको छ। मुम्बई आठौँ स्थानमा छ। ५ खेल खेलेको दिल्ली भने समान अंकसहित तालिकाको पुछारमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?