कांग्रेस र एमाले मिलेर निर्वाचन प्रणाली बदल्नुपर्छः शेखर कोइराला

कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्।

बिहीबार घोराहीमा दोस्रो जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले उक्त कुरा बताएका हुन्। उनका अनुसार पटकपटक सरकार परिवर्तन हुँदा र त्यसको असर प्रत्यक्ष निर्वाचनमा देखिने भएकाले निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नुपर्ने भएको हो। त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति हुनुपर्ने उनको भनाइ थियो। ‘संविधानसभाबाट निर्माण गरिएको संविधान उत्कृष्ट हुँदाहुँदै पनि केही कमजोरीहरू देखिए,’ उनले भने, ‘कमजोरीकै कारण संविधान निर्माणपछिका कुनै पनि दलको बहुमत ल्याउन नसक्दा स्थायी सरकार भएन। त्यसैले अब संविधानमा संशोधन गर्न आवश्यक छ।’

कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर समानुपातिक प्रतिनिधित्व कायम हुने गरी निर्वाचन प्रणालीका बारेमा ठोस कदम चाल्नुपर्ने बताए।

‘निर्वाचन प्रणाली परिवर्तन गर्न दुई ठूला पार्टी एकै ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘अस्थिरताका कारण देशमा आर्थिक मन्दीका कारण धेरै व्यवसायमा सटर डाउनको अवस्था सिर्जना भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?