सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टी(नाउपा) भित्रको विवादले त्यहाँको सत्ता सङ्कट गहिरिँदै गएको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवाद झाङ्गिँदै पार्टी विभाजन उन्मुख अवस्थामा पुगेको छ ।
स्थापक रेशम चौधरी मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई नै निरन्तरता दिने पक्षमा उभिएका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठ एमाले–माओवादी समीकरणको पक्षमा उभिएकी छन् । यी दुई नेतृत्वबिच देखिएको शक्ति सङ्घर्षका कारण सुदूरपश्चिम सरकार सङ्कटतर्फ धकेलिएको हो ।
















