बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
एमालेबाट एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको स्रोतले जनाएको छ ।
जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने तय भएको छ । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको छ ।
















