नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नागरिकका पीरमर्का बुझ्न देश दौडाहामा गइरहेको बताउनुभएको छ । आफू नागरिकमाझ जाँदा माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको प्रचण्डको दाबी छ ।

प्रेस सेन्टर दाङले आज घोराहीमा गरेको पत्रकार भेटमा उहाँले यो सरकार आउँदो चुनावसम्म सत्तामा रहेमा नेकपा माओवादी केन्द्रलाई नै फाइदा हुने बताउनुभयो । ‘नागरिकले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ’, प्रचण्डले भन्नुभयो ।

सत्तारुढ राजनीतिक दलहरुमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उहाँले जोड दिनुभयो । प्रचण्डले आउँदो चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?