युरो कप २०२४ मा फ्रान्सलाई २-१ गोलले हराउँदै स्पेन फाइनलमा पुगेको छ । स्पेनलाई उपाधि नजिक पुर्याउन १६ वर्षीय लमिन यमालले महत्त्वपूर्ण एक गोल गरे । अहिले विश्वजगतमा उनको चर्चा छ ।
अनलाइनमा अहिले यामलको शिशुकालका फोटोहरू विश्वव्यापी रूपमा भाइरल भइरहेको छ । जसमा शिशु यमाललाई अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले समातिरहेको र खेलाइरहेको देख्न सकिन्छ ।
उक्त तस्बिर बिस्वब्यापी रुपमा ठुलो लोकप्रियता हासिल गरिरहेको छ
















