गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । आव २०७९/८० को तुलनामा यो संख्या थोरैले कम हो ।
२०७९/८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।
















