संसद्‌मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकबारे शुक्रबार अध्यक्ष ओलीले कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको ‘रो’मा आएको बताएका हुन् ।

उनले भने, ‘कांग्रेसहरूले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको ‘रो’भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने गरे । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’

अध्यक्ष ओलीले कांग्रेसका सांसदहरूले सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै आफूमाथि असभ्य व्यवहार गरेकोसमेत बताए ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच धकेलाधकेल भएको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले वेल घेराउ गरेको थियो । गृहमन्त्री रोष्ट्रममा जान नपाएपछि अध्यक्ष ओली आफैंले गृहमन्त्रीलाई रोष्ट्रममा जान इसारा गरेका थिए ।

ओलीको इसारापछि कांग्रेस उपसभापति धनराज गुरुङले उनको नजिकै पुगेर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?